

जनकपुरधाम ।
प्रत्येक वर्ष जस्तै आज कार्तिक महिनाको धवल त्रयोदशीका दिन मनाइने मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । जनकपुरधामस्थित विद्यापति चोकमा विद्यापति ट्रष्टले विभिन्न कार्यक्रम गरी स्मृति पर्व मनाई रहेको हो ।
स्मृति दिवसको अवसरमा विद्यापतिको शालिकमा पुस्पवृष्टी , दुर्गा मन्दिरमा कवि गोष्ठी , महाकवि विद्यापतिको व्यक्तित्वमाथी चर्चा, विभिन्न विद्यालयका छात्र–छात्रद्वारा विद्यापतिबारे वक्तृत्वकला लगायतका कार्यक्रम रहेका विद्यापति ट्रष्टका अध्यक्ष दीपक झाले जानकारी दिए ।
