

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरले नेपाल विद्यार्थी संघ (नेवि संघ)सँग कक्षा ११ र १२को छात्रवृति सम्बन्धी निर्णय कार्यान्वयन गरिए संघर्षको बाटो रोज्ने एनप्याब्सन मधेसले चेतावनी दिएको छ ।
उपमहानगरले यस अघि निजि विद्यालयहरुलाई गरेको परिपत्र अनुसार प्रकृया अगाडी नबढाइए संघर्षमा उतरिन आफूहरु बाध्य हुने एनप्याब्सन मधेसका अध्यक्ष डा. नन्दन यादवले विज्ञप्ति जारी गरी चेतावनी दिएका हुन् । उपमहानगरले नेवि संघसंग मिलेर विद्यार्थी तथा अभिभावकलाई भ्रममा राख्ने गरी गरिएको सम्झौता कार्यान्वयनमा ल्याइए एनप्याब्सन मधेससँग आवद्ध ९ सय ७५ संस्थागत विद्यालयहरु संघर्षको बाटो रोज्ने बताए ।
यो द्वन्द्वलाई साम्य पार्न अन्य पालिकाहरुले गरेको व्यवस्था अध्ययन गर्नुका साथै सरोकारबलासंग छलफल गरेर ठोस निर्णय गर्न विज्ञप्ति जारी गर्दै एनप्याब्सनले उपमहानगरसंग आग्रह गरेको छ ।
