Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पोखराबाट जनकपुरधाम आईरहेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते





जनकपुरधाम ।
रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुरधाम आइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
आज बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार बसमा २० यात्रु सवार रहेकोमा १२ जना घाइते भएका हुन् । बस चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३५ वर्षीय पदम बहादुर बस्नेत र र सह चालक बाराको करैयामाई गाउँपालिका ७ बस्ने ३० वर्षीय सुरज पौडेललाई प्रहरीचोकी पौराहीको नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी रायले जानकारी दिए ।