

काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रोपटक पनि स्पष्टीकरण मागेको छ । तर उनले त्यसको जवाफ दिएका छैनन् ।
स्रोतका अनुसार कुलमानलाई ऊर्जा मन्त्रालयले दोस्रोपटक तिहारअघि कात्तिक १३ गते ६ बुँदामा प्रश्न पठाउँदै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको थियो । तर उनले अहिलेसम्म जवाफ पठाएका छैनन् ।
यसअघि मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण मागेको थियो ।
