Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उपनिर्वाचन लक्षित नेपाली कांग्रेसको प्रादेशिक समितिले खटायो मधेसमा नेता





काठमाडौं ।
नेपाली कांग्रेसले मधेस प्रदेशमा रहेका स्थानीय तहमा हुने उपनिर्वाचनका लागि नेता खटाएको छ । मधेस प्रदेश समितिको बैठकले नेताहरुलाई जिल्लागत जिम्मेवारी समेत तोकेको छ ।
धनुषामा मधेसका पूर्वमन्त्री रामसरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटका लागि सहमहामन्त्री जयनारायण यादव, प्रदेश सदस्य सूर्यबहादुर थापालाई जिम्मेवारी दिईएको छ ।
मंसिर १६ मा हुने उपनिर्वाचनमा मधेशमा सप्तरीमा २वटा, धनुषामा १ वटा, महोत्तरीमा १वटा र रौतहट ३वटा गरी ७ वटा वडाअध्यक्षका लागि निर्वाचन हुँदैछ ।
प्रदेश समिति बैठकले निर्वाचन हुने वडामा उप समिती बनाई र परिचालन गर्ने निर्णय भएको मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए । उक्त बैठकले आवश्यक्ता अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रबाट सञ्चालित १०० दिने केन्द्रीय अभियान र क्रियाशील सदस्यता वितरण लगायतका विषयमा छलफल भएको गुप्ताले जानकारी गराए । तल्लो तहसम्म कांग्रेस एमालेको संयन्त्र बनाउने केन्द्रको निर्णय अनुसार कांग्रेसका मधेस प्रदेशका सभापति कृष्ण यादवको संयोजकत्वमा तीन सदस्य संयन्त्र बनाइएको छ ।