Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

देशैभरको स्थानीय तहसंग सरकारले माग्यो आर्थिक सुधारको खाका





काठमाडौँ ।
देशभरका स्थानीय तहसँग आर्थिक सुधारको खाका मागिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका सम्बन्धमा राय सुझाव लिखित रुपमा आउँदो मंसिर १५ गतेभित्र आयोगलाई उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई भनिएको छ ।
विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामूलक दिगो उच्च आर्थिक बृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक÷उत्पादनशील अर्थतन्त्रको निर्माण, गरिबी निवारण एवं समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारको खाका ६ महिनाभित्र पेस गर्ने गरी काम भइरहेको आयोगले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
आयोगको पत्रअनुसार मन्त्रालयले यही कात्तिक आइतबार देशभरका सबै स्थानीय तहलाई लेखेको पत्रमा भनिएको छ, ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको च.नं. २ मिति २०८१।०७।१२ को राय सुझावसम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’