Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशको अन्तरिम सरकार शेख हसिनाबिरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गराउने तयारीमा





एजेन्सी ।
बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन र उनको पार्टीका अन्य फरार नेता पक्रन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ । बीबीसी हिन्दीका अनुसार बंगलादेशको अन्तरिम सरकारले उनीहरूविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह गरेको छ ।
बंगलादेशमा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ७०० भन्दा बढी जनाको मृत्यु भएको थियो । गत जुलाई र अगस्टमा भएको उक्त आन्दोलन दबाउन हसिना र अन्य फरार अवामी लिगका नेताहरूले आदेश दिएको आरोप छ ।
नयाँ अन्तरिम सरकारले हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोप लगाएको छ । आन्दोलन खेप्न नसकेर तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि अगस्ट ८ मा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो ।