Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटमा कार र ट्याक्टर ठोक्किदा एकको मृत्यु





जनकपुरधाम ।
रौतहटमा कार र धानझार्ने थ्रेसर मेसिन बोकेको ट्याक्टर आपसमा ठोकिँदा एक मजदुरको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोकिँदा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले दिएको जानकारी अनुसार पौराइको गाउँमा धान झारेर पूर्वपश्चि राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार ठोकिँदा दुर्घटना भएको हो ।
‘दुवै चालकको असावधानीको कारण दुर्घटना भएको देखिन्छ,’ डीएसपी रायले भने, ‘दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका– २ घर भएका कार चालक दल्लु बनसललाई पक्राउ गरेका छौँ ।’
मृतक गिरी बिग्रिएको थ्रेसर मेसिन बनाउन गएको बेला घटना भएको रायले बताए । धान झार्ने क्रममा बिग्रिएको थ्रेसर बनाएर सोही ट्याक्टरमा चढेर डेरा फर्किंदै गर्दा दुर्घटना भएको हो । मृतक गिरीको शव पोस्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ ।