Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उखु र चिनी उत्पादकका समस्या समाधान गर्न संयन्त्र गठन





काठमाडौं ।

सरकारले उखु किसान र चिनी उत्पादकका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवाला समेतको सहभागिता रहने गरी उच्च स्तरीय संयन्त्र बनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल सहितको टोलीसँग आइतबार भएको छलफलपछि अल्पकालीन र दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको हो ।

छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रुपमा समाधान गर्न संयन्त्र बनाउन प्रस्ताव राखेका थिए ।

मन्त्री भण्डारीकै प्रस्ताव अनुसार उद्योग मन्त्रालयका सचिवको नेतृत्वमा कृषि मन्त्रालयका सचिव, चिनी उद्योग संघ, उपभोक्ता संघका प्रतिनिधि समेत सहभागी रहने गरी संयन्त्र निर्माण गरिएको अग्रवालले जानकारी दिए ।

उद्योग मन्त्री भण्डारीले छलफलपछि नेपालमा उखु किसान र चिनी उद्योगीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न उच्च स्तरीय संयन्त्रले रणनीति बनाउने बताए ।

छलफलमा नेपालमा पछिल्लो समय भारतबाट राजस्व छली गरेको, तस्करी मार्फत आएको चिनी बिक्री हुँदा नेपाली उद्योगीको चिनीले बजार नपाएको उद्योगीहरूले गुनासो गरेका थिए ।