Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिन्धुलीको हरिहरपुरगढीमा शिक्षकमाथि गोली प्रहार





सिन्धुली ।

मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

उनलाई सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा उनीमाथि गोली प्रहार भएको हो ।

सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काका अनुसार ३ जनाको समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको अनलाइनखबरलाई बताए ।

बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गाला छेडेर दाँत (बंगारा) मा अड्किएको डीएसपी खड्काले बताए । ‘दाँतमा अड्किएकाले ज्यान जोगिएको पाइयो । गोलीले हेल्मेटको दाहिनेतर्फबाट गाला छेडिएको थियो’, उनले भने ।

घाइते बम्जनलाई सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको डीएसपी खड्काले बताए । त्यहाँ उनको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको छ । सिन्धुलीबाट छिमेकी जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा सुरक्षा कडा गरेर गोली प्रहार गर्ने समूहको खोजीकार्य भइरहेको डीएसपी खड्काले बताए ।

मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्याक बम्जन आइतबार रौतहटको गैंटारस्थित आफन्तको घरबाट घर फकिँदै थिए ।

बम्जनले चलाएको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल पछाडि उनका भाइ दिलबहादुर बम्जन सवार रहेकोमा उनी सकुशल रहेको डीएसपी खड्काले जानकारी दिए ।

३ जनाको समूहमा रहेका व्यक्तिहरुले बम्जनमाथि बाटो ढुकेर गोली प्रहार गरेको देखिएकोले दुश्मनीका कारण हुन सक्ने उनले आशंका गरे ।