Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग





एजेन्सी ।
इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताकालागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने कतारको भनाइ छ ।
अमेरिकाले कतारमा हमासका नेताहरुको उपस्थितिलाई नस्वीकार्ने बताएपछि कतारको पछिल्लो निर्णय सार्वजनिक भएको हो । कतारले इजरायल र हमासबीचको युद्ध अन्त्यका लागि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको थियो । तर अहिले मध्यस्थताको भूमिकाबाट आफैं अलग भएको कतारको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतारले कुनै सम्झौतामा पुग्नका लागि अन्तिम प्रयास स्वरुप १० दिन अघि सबै पक्षलाई सूचना दिएको थियो कि यदि वार्ता निष्कर्षविहीन भएमा मध्यस्थताको भूमिकाबाट हामी आफैं अलग हुनेछौं ।’
युद्ध अन्त्यको प्रस्ताव हमासले नमानेको भन्दै अमेरिकाले अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको जनाएको छ । कतारको राजधानी दोहामा हमासको राजनीतिक सन् २०१२ देखि सञ्चालित छ ।