

जनकपुरधाम ।
सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन् । लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका–९ मुर्तियाका रामअयोधी मुखिया फरार भएका हुन् ।
घटनाबारे छानबिन भइरहेको जनाउँदै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले फरार थुनुवा नियन्त्रणमा लिइसकेको जानकारी दिए । प्रहरी नियन्त्रणबाटै थुनुवा भाग्न सफल भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको छ ।
इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत, सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई जिल्लामा झिकाएर छानविन भइरहेको प्रहरीले जनाएको छ ।
