Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहपञ्चमी महोत्सवमा अयोध्यावाट पाँच सय जन्ती (बरियाती) आउने

जन्तीको स्वागत तथा सम्मान मधेश सरकारको अगुवाइमा गर्ने निर्णय





जनकपुरधाम ।
रामजानकी विवाहपञ्चमी जनकपुरधाममा भव्यरुपमा गरिने आज बसेको सर्बपक्षिय बैठकले निर्णय गरेको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा मन्दिरमा सम्पन्न भएको सर्वपक्षीय बैठकले महोत्सवलाई भव्य बनाउनका लागि १४ वटा विभिन्न उपसमितिहरू निर्माण गरेको छ ।
यसैगरी मंसिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य रुपमा स्वागत गर्ने निर्णय गरेको छ । अयोध्याबाट आउने जन्तीलाई महोत्तरीको मटिहानीमा स्थानीय नगरपालिकाले स्वागत गर्नेछ । स्वागत तथा रात्रीको भोजन र आवासको व्यवस्थापन पनि मटिहानी नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको छ ।
१८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्ने छ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिने निर्णय भएको छ । मंसिर १८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्र विघा रंगभूमि मैदानमा आयोजना गरिने धनुष यज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

मङ्सिर २१ गते जानकी मन्दिरको प्राङ्गणमा रात्रि मैथिली परम्परानुसार भगवान् राम र माता सीताको विवाह उत्सवको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विवाह महोत्सवका लागि जनकपुरधाममा आउने जन्तीको स्वागत तथा सम्मानको कार्यक्रम मधेश प्रदेश सरकारको अगुवाइमा गरिने निर्णय प्रदेश सरकारको मन्त्रिपरिषद्ले यसअघि नै गरेकोले त्यसलाई आजको सर्वपक्षीय बैठकले अनुमोदन गरेको हो ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी रुपमा मनाइँदै आएको विवाह पञ्चमी महामहोत्सवमा यस बर्ष भारतको अयोध्याबाट पाँच सयको संख्यामा साधु सन्त, महन्थ, योगी, सन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्तिहरू, राम मन्दिर निर्माण समिति अयोध्याका पदाधिकारीहरू तथा विश्व हिन्दू परिषद्का पदाधिकारीहरू सहभागी हुने भएका छन् ।
मसिर १६ गते नगर दर्शनबाट शुरु हुने विवाह पञ्चमी महामहोत्सव अन्तर्गत १७ गते फूलबारी लिला, १८ गते धनुष यज्ञ, १९ गते तीलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।