Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अण्डर १९ एसियाकपको पहिलो खेलमा नेपाल श्रीलंकासंग भिड्ने





काठमाडौं ।
एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर ९ मा श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा नेपाल र श्रीलंकासहित बंगलादेश र अफगानिस्तान समूह ‘बी’ छन् । भारत, पाकिस्तान, यूएई र जापान समूह ए मा छन् । नेपालले डिसेम्बर १ मा बंगलादेशसँग र डिसेम्बर ३ मा अफगानिस्तानसँग समूह चरणको खेल खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल डिसेम्बर ६ र फाइनल खेल डिसेम्बर ८ मा हुनेछ ।
एसियाका पाँच टेष्ट राष्ट्र र छनोट भएर आएका नेपालसहितको ३ गरी कूल ८ टोलीले प्रतिस्पर्धा गर्ने यू–१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईको दुबई र शारजहाँमा हुनेछ ।