Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीको टुटेश्वरमा भएको दुर्घटनामा परी १को मृत्यु





जनकपुरधाम ।
महोत्तरीको टुटेश्वरमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट तीन जना घाइते भएका छन् । बर्दीबास–५स्थित टुटेश्वरको जंगलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका हुन् ।
महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई ना ८ ख ३१६ नम्बरको टिपरले शुक्रबार राति पछाडिबाट ठक्कर दिँदा सर्लाही ईश्वरपुर–१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ ।
ठक्करबाट महोत्तरी बर्दीबास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएका छ । उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ । मृतक र घाइतेहरू सबै ट्याक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए । दुर्घटनामा संलग्न दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।