Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सञ्जु सैमसनको शतकीय पारीको सहयोगमा दक्षिण अफ्रिकामाथी भारतको जीत





एजेन्सी ।
सञ्जु सैमसनको शतकीय पारीको सहयोगमा भारतले दक्षिण अफ्रिकामा जारी टी–२० शृङ्खलाको पहिलो खेलमा जित हाशिल गरेको छ । गए राति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिका भारतसँग ६१ रनले पराजित भएको हो । भारतले दिएको २सय ३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ बल बाँकी रहँदा सबै विकेट गुमाएर १४१ रनमा सीमित भयो ।
दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जेले ११ बलमा २३ रन जोड्नु बाहेक अन्य कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । रेयन रिकिल्टनले ११ बलमा २१ रन जोडे । भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २५ रन खर्चेर ३ तथा रवि विस्नोइले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अभेष खानले २.५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २०८ रनको योगफल खडा गरेको हो । भारतका लागि सैमसनले ५९ बलमा १०७ रन जोडे । उनको पारीमा ७ चौका र १० छक्का थियो । खेल जीवनको दोस्रो टी–२० अन्तर्राष्ट्रिय शतक बनाएका सैमसनको सो पारी बिर्सन नसकिने किसिमको थियो ।
किङ्समेडमा उनले बनाएको शतक कुनै पनि भारतीय ब्याट्सम्यानले दक्षिण अफ्रिकाविरुद्धको सबै भन्दा छिटो शतक हो । सैमसनले कुल ८८ रनकालागि बलललाई बाउन्ड्री पार गराएर जोडेका थिए । उनले कप्तान सूर्य कुमार यादवसँग मिलेर ३७ बलमा ६६ रनको साझेदारी गरेका थिए भने तिलक बर्मासँग ३४ बलमा ७७ रनको साझेदारी गरे । १७ औँ ओभरमा सैमसन आउट भएपछि भारतले बाँकी २० बलमा २८ रन जोड्दै ४ विकेट गुमाएको थियो ।