Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकार सर्वोच्चकै राष्ट्रिय परिचयपत्र सम्बन्धी आदेशबिरुद्ध पुग्यो सर्वोच्चमा





काठमाडौं ।
सामाजिक सुरक्षा भत्ता र अन्य कामका लागि राष्ट्रिय परिचपत्र अनिवार्य नगर्न जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
भदौ ७मा न्यायाधीशहरु मनोजकुमार शर्मा र तिजप्रसाद श्रेष्ठको इजलासले जारी गरेको अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखेर महान्यायाधीवक्ताको कार्यालयले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको हो । भदौं ७मा न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सरकार र गृह मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
राष्ट्रिय परिचयपत्र कार्यान्वयन हुँदा सामाजिक सुरक्षा भत्ताको दोहोरोपन नियन्त्रण गर्न सहज भएको, व्यक्तिको पहिचानका लागि एकरुपता भएको, अपराधमा संलग्नहरुले लुक्ने सम्भावना नहुने लगायतका आधार देखाउदै सरकारले अन्तरिम आदेशबाट राष्ट्रिय परिचयपत्र कार्यान्वयन रोक्न नहुने माग गरेको हो ।
उसले अन्तरिम आदेश खारेज गरी राष्ट्रिय परिचयपत्रको कार्यान्वयनलाई निरन्तरता दिन बाटो खोल्नुपर्ने माग राखेको हो ।