Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपीओ रोकिएपछि २७ लाख डिम्याट निष्कृय





काठमाडौं ।
आइपीओ भर्नेहरुको संख्या घट्दै गईरहेको पाइएको छ । ३ वर्षअघि आईपीओ भर्नेको संख्या २४ लाख हाराहारी पुगेकोमा अहिले संख्या घटेको छ । असोज २०७८ मा खुलेको मध्यभोटेकोशीको आईपीओ २३ लाख ९० हजारले भरेका थिए । १ सयमै खुलेको यो कम्पनीको सेयर मूल्य अहिले ३ सय ४० रुपैयाँ हाराहारीमा छ ।
डिम्याट खाता खोल्नेहरू भने यही तीन वर्ष अवधिमा ४८ लाखबाट बढेर ६४ लाख पुगेका छन् । डिम्याट खाता संख्यामा उच्च वृद्धि हुँदा पनि आईपीओ÷एफपीओ भर्नेको संख्या घट्नुले धेरै खाता निष्क्रिय रहेको पुष्टि गर्छ । हरेक आर्थिक वर्ष प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क तिरेर डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
डिम्याट खाता नहुँदैमा आईपीओ नभर्न सकिन्छ, तर आईपीओ÷एफपीओ भर्नेको संख्या घट्नुमा डिम्याट खाता र मेरो सेयर खाता नवीकरण नहुनु पनि हो । आईपीओ नियमित खुल्दा यसबारे धेरै चर्चा हुने गर्छ, जसले गर्दा आईपीओ भर्नकै लागि पनि डिम्याट खाता नवीकरण हुने गर्छ । तर, एक वर्षदेखि आईपीओ नै नखुलेपछि सर्वसाधारण धेरैले डिम्याट खाता नवीकरणमा पनि चासो दिन छाडेका छन् ।
डिम्याट खाता तथा मेरो सेयर खाता नवीकरण नभएपछि आईपीओ÷एफपीओ भर्न मिल्दैन । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)का अनुसार कात्तिक २१सम्म डिम्याट खाता खोल्नेको संख्या कुल ६४ लाख ३३ हजार १ सय ९९ छ । तर, तीमध्ये सक्रिय मेरो सेयर प्रयोगकर्ता भने ३६ लाख ५८ हजार ४ सय ६६ मात्रै छन् ।
यसलाई आधार मान्दा करिब २७ लाख ७४ हजार खाता निष्क्रिय अवस्थामा छ । अर्थात्, खोलिएको खातामध्ये ४३ प्रतिशत निष्क्रिय छ । ‘जसको डिम्याट खाता नवीकरण छ, उसले मात्रै मेरो सेयर चलाउन सक्ने व्यवस्था छ,’ सीडीएससीका प्रवक्ता सुरेश न्यौपानले भने, ‘त्यसकारण मेरो सेयर नचलाउनेको डिम्याट खाता निष्क्रिय रहेको मान्न सकिन्छ ।’
डिम्याट खाता खोल्नेको संख्या बढ्दै जानुमा एउटा कारण एकै व्यक्तिले दुइटा खाता खोल्न पाउने नीतिगत व्यवस्था पनि हो । नीतिगत व्यवस्था दुइटासम्म मात्रै डिम्याट खाता खोल्न पाउने भए पनि कतिपयले त्योभन्दा धेरै खोलेको हुन सक्ने अनुमान छ । दुई डिम्याट खाता हुनेको संख्या करिब ५ लाख हाराहारी रहेको न्यौपानेले बताए । अहिले डिम्याट खाता नवीकरण नभए पनि पछि चाहेका बेला एकैपटक नवीकरण गर्न सकिने सीडीएससीले जनाएको छ ।
कुल डिम्याट खातामध्ये ४२ प्रतिशत महिलाका नाममा र ५८ प्रतिशत पुरुषको नाममा रहेको सीडीएससीले जनाएको छ । ‘डिम्याट खातामा महिलाको संख्या उत्साहजनक हो, यसले सेयर लगायत धितोपत्र जस्ता सम्पत्तिमा महिलाको स्वामित्वलाई संकेत गर्छ,’ न्यौपानेले भने ।