Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

५ वर्षमा त्रिविबाट ३ लाख ७२ हजार विद्यार्थी उतीर्ण, २८ लाख ३३ हजार भर्ना





काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयमा पछिल्लो पाँच वर्षमा २३ लाख ३३ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । शैक्षिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा स्नातक तहदेखि पीएचडीसम्मका लागि २८ लाख ३३ हजार २६५ विद्यार्थी भर्ना भएका हुन् ।
सोही अवधिमा ३ लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित भएका छन् । अर्थात् भर्ना भएको विद्यार्थीको तुलनामा १३.१३ प्रतिशत मात्रै दीक्षित भएका हुन् । हरेक वर्ष ५ लाखको हाराहारीमा विद्यार्थी भर्ना हुँदै आएका छन् । तर, पास भने ६० देखि ७० हजारको हाराहारीमा मात्रै छन् ।
शैक्षिक वर्ष २०७५/७७६ मा ४ लाख १५ हजार ४८२ भर्ना हुँदा ७० हजार ५६१ विद्यार्थी दीक्षित भएका थिए । यस्तै, २०७६/७७ मा ४ लाख १५ हजार ७७७ भर्ना र ५७ हजार १८३ दीक्षित भएका थिए । २०७७÷७८ मा ४ लाख २२ हजार ६५३ भर्ना र ३० हजार १९९ दीक्षित भएका थिए ।
त्यस्तै २०७८/७९ मा ४ लाख ५४ हजार ६५ भर्ना र ६३ हजार २२३ दीक्षित, २०७९/८० मा ५ लाख ३७ हजार ५६९ भर्ना र ७७ हजार १०३ दीक्षित र २०८०/८१ मा ५ लाख ८७ हजार ७१९ भर्ना र ७३ हजार ७४९ दीक्षित भएको त्रिविको तथ्याङ्क छ ।
विद्यार्थी भर्ना हुने दर पास हुने दरमा निकै भिन्नता देखिएको हो । त्रिविले यसलाई न्यूनीकरण गर्दै उतीर्णदर समेत बढाउने योजनाहरू अघि सारेको छ । त्रिवि उपकुलपति प्राडा केशरजंग बरालले पढाइको गुणस्तर सुधार तथा परीक्षाको व्यवस्थापनका लागि काम गरिरहेको बताए ।