Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाको लहानमा किशोरको शव फेला





जनकपुरधाम ।
सिराहाको लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय नजिकै खेतमा एक किशोरको शव फेला परेको छ । स्थानीय १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव बिहीबार बिहान धान खेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
लहान प्रहरीले अहिले शव घटनास्थलमै रहेको र घटनास्थलको प्रकृति मुचुल्का उठाउने काम भइरहेको बताए । उनी कसरी त्यहाँ पुगे र मृत्यु कारणबारे प्रहरीले खोज तलास गरिरहेको जनाएको छ ।