Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसको ‘युवा संकल्प यात्रा’ आजबाट शुरु हुँदै





काठमाडौँ ।
नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आजबाट सुरू हुँदैछ । यात्रा झापाको काँकडभिट्टाबाट सुरु हुनेछ ।
यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
यो यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कांग्रेसको अपेक्षा छ । यस अभियान मार्फत् रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने कांग्रेसको तयारी छ ।
यो अभियानले सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाव समेत सिर्जना गर्ने कांग्रेसको विश्वास छ । साथै देश बनाउन र नागरिकलाई सबल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कांग्रेसले जनाएको छ ।