Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धारा ३७० पुनर्बहालको माग उठेपछि जम्मु–कश्मिरको विधानसभामा तनाव





काठमाडौं ।
जम्मु–कश्मिर विधानसभामा पक्ष र विपक्षी सांसदहरुबीच धक्कामुक्की भएपछि संसदको कारबाही स्थगित गर्नुपरेको छ । विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन मार्शल लगाउनु परेको थियो ।
पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले खारेज गरेको संविधानको धारा ३७० र अनुच्छेद ५ पुनर्बहालीको माग गर्दै जम्मु–कश्मिर विधानसभामा प्रस्ताव पेस गरेको थियो ।
यस प्रस्तावमा पाँच वर्षअघि केन्द्र सरकारबाट खारेज गरिएको जम्मु–कश्मिरको विशेष राज्यको दर्जालाई पुनर्बहाली गर्न संवैधानिक व्यवस्था गर्नुपर्ने माग छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार विहीबार सदन सुरु हुनासाथ भाजपा सांसदहरुले पास भएको प्रस्तावको विरोध सुरु गरे ।
भाजपाका विधायक सुनिल शर्मा यस प्रस्तावको विषयमा बोलिरहेको बेला अवामी इत्तेहाद पार्टीका नेता शेख खुर्सिद बेलमा पुगेर संविधानको धारा ३७० को समर्थनवाला ब्यानर देखाए । त्यसपछि भाजपा सांसदहरुले विरोध जनाउँदै उनीहरु पनि बेलमा पुगे ।
सन् २०१९ को ५ अगष्टमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निर्णय गरेको थियो ।
साथै जम्मु–कश्मीरबाट लद्दाख अलग गर्ने निर्णय पनि भएको थियो ।