Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

छठले नछोएका ऐतिहासिक पोखरीहरु

पोखरी सरससफाईमा उपमहानगर मौन





जनकपुरधाम ।
छठ पर्वमा रातभरी पोखरीको डीलमा जाग्राम बस्ने परम्परा रहेको छ । छठ पर्वकै लागि पोखरी नै पोखरीको शहरको रुपमा विख्यात जनकपुरधामका पोखरीहरुलाई श्रृंगारिएको छ । तर जहाँ एकातर्फ छठ पर्वका लागि पोखरीहरुलाई सरसफाई गरी श्रृंगारिएको छ भने अर्को तर्फ कयौँ ऐतिहासिक एवं पौराणिक पोखरीहरु आफ्नो अस्तित्व समेत खोजिरहेको छ । ती पोखरीहरुलाई छठ पर्वको अवसरमा श्रृंगारिनु पथ्र्यो तर ती पोखरीहरुको सरसफाई तथा श्रृंगारको कुरै छोडौँ अहिले ती पोखरीहरु सुनसान र अतिक्रमणको चपेटमा छन् । अतिक्रणमा परेका ती पोखरीहरुको आ–आफ्नै ऐतिहासिकता र महत्व छन् ।
जनकपुरधामका तेलहा, मड़हा, पापमोचनी पोखरी, देवान पोखरी, रामसागर तलाउ, पगपखचालन पोखरी लगायतका धार्मिक एवं पौराणिक पोखरीहरुलाई छठ पर्वको रौनकताले छोएको छैन । बरु ती पोखरीहरु भूमाफियाहरुका कारण अतिक्रमणको चपेटमा पर्दै गईरहेको छ ।
जनकपुरधाम नेपालमै सबैभन्दा बढी पोखरीहरु भएको शहर हो । जनकपुरधामका कयो पोखरीहरु लुप्त नै भईसकेका छन् । कयौ पोखरी भएका ठाउँमा कतै सरकारी कार्यालय बनेका छन । केहीमा घर ठड्याइएको छ । कसैले होटेल तथा पसल चलाउँदै आई रहेका छन् । जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर, बल्देव सर, धोवियाही पोखरी लगायतका कयौ पोखरीहरुको अस्तित्व मेटी सकिएको छ । यसका अतिरिक्त जनकपुरधाममा कुन कुन पोखरीहरु थिए त्यसको तथ्यांक भने गुठी संस्थानले समेत स्पष्टसंग राखेको छैन । बाँकी रहेका पोखरी पनि केही समयमा हराउने खतरा रहेको छ । राजनीतिक संरक्षणमा पोखरीको जग्गा अतिक्रमण भइरहेको छ जनकपुरधामका स्थानीयको आरोप छ ।


पोखरीको जग्गा अतिक्रमण गर्नमा नेता, मन्त्री, सांसद, हाकिम, नापी, माललोत, सन्त–महन्त र भूमाफिया सबैको संलग्नता छ । तर, मेलेमतोकाकारण कोही कसैसँग बोल्न सक्ने अवस्थामा छैनन । ऐतिहासिक धार्मिक महत्व बोकेका जनकपुरधामका पोखरी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानिय, प्रदेश र केन्द्र तीनै सरकारको बुझाई छ । तर, सरकार, स्थानिय नागरिक कसैले पनिचासो नदिदा पोरखीको शहर जनकपुरधाम पोखरी विहीन बन्ने बाटोमा छ ।
राम मन्दिरको छेउमै रामसागर पोखरी छ । सो पोखरीकै डीलमा राम युवा कमिटीको कार्यालय पनि छ । तर छठ पर्व नजिकिएपनि त्यो पोखरी दुर्गन्धित छ । राम मन्दिर भन्दा दक्षिणमा अवस्थित राम सागरमा दर्जनो स्थानीय व्यक्तिले आफनो घरको नाला जोडेका छन । कतिले शौचालयको हजकै रुपमा त्यो पोखरीलाई प्रयोग गर्दै आईरहेका छन् ।
यद्यपि पछिल्ला वर्षहरुमा रामसागरको जिर्णोद्धार गर्ने प्रयास गरिएको छ । तर अहिले पनि त्यो पोखरी आफ्नो अस्तित्व खोजिरहेको छ ।
त्यस्तै ऐतिहासिक देवान पोखरी राजनीतिक चपेटका कारणले अतिक्रमित भयो । त्यो पोखरीमा छठ हुनै छोडेको छ । लुतो रोग, चर्म रोग र निःसन्तान हुने महिलाहरुले भाकल गरी देवान पोखरीमा स्नान गरेमा निको हुने र सन्तान हुने विश्वास रहँदै आएको थियो ।
जानकी मन्दिरको उत्तर तर्फ रहेको तेलहा र मडहा पोखरीलाई सौन्दर्यीकरणको नाममा पोखरीलाई सांघुरो बनाउन खोज्दा समाजिक स्तरबाटै बिरोध भयो । त्यसपछि वर्षोदेखि ती पोखरीहरुको सौन्दर्यीकरणको काम अहिलेसम्म पुनः सुचारु हुन सकेको छैन ।


यसका साथै छठ भईरहेका पोखरीहरुको सरसफाईमा स्थानीय युवा तथा युवा क्लवहरुको सहभागिता मात्रै देखिएको छ । छठ जस्तो पवित्र पर्वमा समेत उपमहानगरपालिकाले पोखरी सरसफाईमा खासै चासो देखाएको छैन । जबकि मोडेलखबरसंगको कुराकानीमा जनकपुरधाम उपमहानगरका नगरप्रमुख मनोजकुमार साहले छठलाई ध्यान राखेर सरसफाईकालागि प्रत्येक वडालाई २ लाख रुपैयाँ दिएको बताएका थिए ।