Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटको इशनाथ नगरपालिकामा स्वच्छ खानेपानी माग्दै आमरन अनसन





जनकपुरधाम ।
रौतहटको ईशनाथ नगरपालिकास्थित खानेपानी व्यवस्थित गर्नुपर्ने माग गर्दै आमरण अनसन जारी रहेको छ । इशनाथ नगरपालिकाको औरैयामा खानेपानीको व्यवस्थापन नगरिएको भन्दै सुधारका लागि स्थानीय उपभोक्ता राकेश ठाकुर ६ बुँदे मागसहित मंगलबार साँझ ५ बजेदेखि आमरण अनसनमा बसेका हुन् ।
स्वच्छ खानेपानको व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०८०÷०८१ सम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, विधान अनुसार खानेपानी उपभोक्ता समितिको साधारण सभा यथाशीघ्र गराउनुपर्ने, खानेपानीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समितिको पदाधिकारीसहितको नामावली सार्वजनिक गर्नुपर्ने र कम्पाउण्डका रुखहरू बिक्रीबारे मागसहित उपभोक्ता ठाकुर आमरण अनसनमा बसेका हुन् । रिले अनसन ८ दिन बसेपनि स्थानीय सरकारबाट कुनै सुनवाइ नहुँदा बाध्य भएर मंगलबार साँझ ५ बजेदेखि आमरण अनसन सुरु गरेको आन्दोलनकारीका प्रवक्ता जयप्रकाश साहले बताए ।
प्रवक्ता साहका अनुसार २०५२ सालदेखि संचालनमा आएको औंरैया खानेपानी योजना २०५९ सालसम्म जेनतेन सञ्चालन भएपनि २०६० सालमा व्यक्तिको नाममा खानेपानीलाई दर्ता गरिएको थियो ।