

सुजीतकुमार झा
जनकपुरधाम ।
मिथिलाञ्चलको महापर्व छठको अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको छ । चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ ।
छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीनी सर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरु लाई पूजाको लागि विशेष रुपले सजाइएको छ ।
स्थानीय युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन ।
राम युवा कमिटी जनकपुरधामका वरिष्ठ उपाध्यक्ष अनिकेत ठाकुरले दशैपछि नै हामी छठको तैयारीमा लागेको थिए ।
छठमा केरा, भुसबा, ठकुवा, नारियल, उखु, मुला सहित विभिन्न फलफुल लिएर भक्तजनहरुले सूर्य लाई अर्घ दिने गर्छन । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।
आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाइ नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवका द्रोपतीले कौरवलाइ पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउने
गरिन्छ । संस्कृतिविद् एवं मैथिलीका साहित्यकार राकेशकुमार झा ‘रसिक’ले यो पर्वले हामीलाई प्राकृतिलाई माया गर्ने संदेश दिएको बताए ।
जनकपुरधाममा सवै भन्दा उत्सवका साथ मनाइने छठ हेर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारत एवं तेस्रो देश बाट समेत पर्यटक हरु एक दिन पहिलानै जनकपुरधाम आइ सकेका छन । होटेल व्यवसायी अभिशेक झुनझुनवालाले उत्सवहरुले जनकपुरधामको पर्यटनलाई बढावा दिने गरेको वताए ।
जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । छठ पर्वमा सूर्यको पूजाअर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान् सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो ।
सूर्यपूजाको चर्चा
सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्र्शिनक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।
वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ । ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पत्ति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरीक्ष एवम दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको भनिएको छ । भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको छठौँ दिनमा छठ पूजा हुने गरिन्छ ।
भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण अर्थात रावण हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।
अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त हुनुभएको थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ । यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ ।
छठी माताको प्रसंग
जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । छठ पर्वमा सूर्यको पूजाअर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान् सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो ।
पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।
छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठी र छठ हुन गएको संस्कृतिविद् एवं मैथिलीकावरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल बताउनुहुन्छ ।
यस पर्वमा अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिनु हो, उहाँले भन्नुभयो । छठमा धनी, गरीब, सबै जातजाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश अन्तरनिहित रहेको पाइन्छ ।
छठ माता को हुन रु भनेर विभिन्न प्रकारका विचारधारा देखिएको भए पनि यस विषयमा श्रीमद्देवी भागवत् पुराणमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको प्रसंग शीर्षकमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको हो ।
सो पुराणमा उल्लेख गरिएको छ, राजा प्रियव्रतलाई सन्तान थिएन् । सन्तानका लागि राजाले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादको रुपमा खान दिनुभयो । त्यो खीर ग्रहण गरेपछि निर्धा्रित समयमा रानीले पुत्रको जन्म दिनुभयो तर, पुत्र मृत अवस्थामा जन्म लिए ।’
मृत सन्तान जन्मे खवरले राजा विह्वल भए ।
मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मशानघाटमै प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै ‘म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।’ उहाँले राजाको मृत बच्चालाई काँखमा उठाएर जीवित पार्नुभयो ।
त्यसपछि, देवीले मेरो पुजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिनुभयो ।
कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको विश्वास गरिन्छ ।
