Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै





काठमाडौँ ।

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट,  बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए ।  महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।

अस्ताउँदो सूर्यको अर्घ विहिवार र उदाउँदो सुर्यको अर्घ शुक्रवार दिइनेछ ।