Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महापर्व छठको दोस्रो दिन आज खरना

घर–घरमा कुलदेवताको विशेष पूजा गरिने





सुजीतकुमार झा
जनकपुरधाम ।
मिथिलाञ्चलको महापर्व छठको दोस्रो दिन आज खरना मनाइदै छ ।
दिनभरि ब्रतबसी छठका ब्रतालु महिला तथा पुरुषहरु बेलुका खरनाको अवसरमा कुल देवताको पूजा गर्ने गर्छन । खरना भनिने आजको तिथिमा सख्खरको खिर र केरा प्रसादको रुपमा चढाउने गर्छन । यो प्रसादको छठमा विशेष महत्व रहेको छ । कुनै विशेष यज्ञ वा उत्सव गर्दा कुल देवताको आराधना गर्ने मिथिलामा मान्यता रहेको छ यसै अन्तर्गत खरनामा कुलदेवताको पूजा गरिन्छ ।
चारदिवसीय छठ पर्व अन्तर्गत पहिलो दिन नहाइ खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यको अर्घ र अन्तिम दिन उदाउँदो सूर्यको अर्घ दिइने परम्परा रहेको छ ।
जनकपुरधामको गंगा सागर ,रुक्मीनी सर, धनुष सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरु लाई छठ पुजाको लागि विशेष रुपले सजाइएको छ ।
स्थानीय युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन । ‘टेन्ट र लाइटिंगमा हामीले विशेष ध्यान दिएको छु,’ मिथिला समाज सेवा समितिका अध्यक्ष जीतेन्द्रकुमार साहले बताए । मिथिला समाज अरगज्जा सरमा छठ पूजाको आयोजना गर्छन । ‘गत वर्ष भन्दा सजावट अझै राम्रो गरेको,’ साहले अगाडी बताए ।
छठमा केरा , भुसबा , ठकुवा , नारियल, उखु , मुला सहित विभिन्न फलफुल लिएर भक्तजनहरुले सूर्य लाई अर्घ दिने गर्छन । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।
पुत्र प्राप्ति, पुत्रको दिर्घायु, कुष्टरोग बाट मुक्ति लगायत सबै प्रकारको मनोबांछित फल प्राप्तीका लागि मिथिलाञ्चलमा छठ पर्व मनाउने गरिन्छ । जनकपुरमा सभ भन्दा उत्सवका साथ मनाइने छठ हेर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारत एवं तेस्रो देश बाट समेत पर्यटक हरु एक दिन पहिलानै जनकपुरधाम आइ सकेका छन ।

छठमा सूर्यकोपूजालाई विशेष महत्व रहेको छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्र्शिनक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।
वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ ।

ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पत्ति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरीक्ष एवम दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको भनिएको छ । भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको छठौँ दिनमा छठ पूजा हुने गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण अर्थात रावण हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।
अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त हुनुभएको थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ । यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वको तयारी अन्तिम चरणमा पुगेसंगै बजारमा भारी भीड देखिएको छ । पूजा सामग्रीहरु खरिदका लागि श्रद्धालुहरुको ठूलो भीड बजारमा लागेको छ । अबेर रातिसम्म बजारमा कारोबार भएको छ । लत्ताकपडाका पसल, फलफूल, मिठाइका पसलहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।