Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वास्थ्य विमा कार्यक्रममा ३० प्रतिशत नागरिक आवद्ध





काठमाडौँ ।
नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आबद्ध भएका छन् ।
आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा कुल जनसंख्याको १२.७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आबद्ध भएको जानकारी गराएका हुन् । उनका अनुसार यस अवधिमा ७९ प्रतिशतले बीमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताए ।
बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे । सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बीमा बोर्डको नीति तथा तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको सुरुवात गरेको उनले बताए ।
त्यस्तै बसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बीमा कोष बनाई सोको सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भइरहेको जिकिर गरे । उनले स्वास्थ्य बीमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताए ।
उनले सीमित जनशक्तिका बाबजुद आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारबाहीहरू सन्तोषजनक रहेको धारणा राखे ।