

एजेन्सी ।
क्यानडास्थित एक हिन्दु मन्दिरमा हमला तथा हिन्दु धर्मावलम्बीलाई कुटपिट भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको हो । केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई कुटपिट गरेका हुन् । यसको भिडिओसमेत सार्वजनिक भएको छ ।
उक्त आक्रमण भारतमा छुट्टै राष्ट्रको माग गरिरहेको खालिस्तानी समूहले गरेको हुन सक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन् । यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिन्दु मन्दिरमा भएको आक्रमणको निन्दा गर्दै यस्तो अराजकता अन्त्य गर्ने वाचा गरेका छन् ।
‘ब्रहम्पटनमा हिन्दु मन्दिरमा पूजा गर्नेहरूलाई लक्ष्य गरी भएको यो हिंसा पूर्ण रूपमा अस्वीकार्य छ’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सबै क्यानडालीले शान्तिपूर्वक आफ्नो धर्म अभ्यास गर्न पाउनुपर्छ । म यो अराजकता अन्त्य गर्नेछु ।’
