

एजेन्सी ।
भारतीय क्रिकेटर ऋद्धिमान साहाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । साहाले एक्सपोस्टमार्फत क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्– क्रिकेटमा अविस्मरणीय यात्रापछि यो सिजन मेरो अन्तिम सिजन हुनेछ । सन्यास लिनुअघि रणजी ट्रफीमा मात्रै खेल्दै बंगालको प्रतिनिधित्व गर्ने मौका पाएकोमा म गर्व गर्छु । यो सिजन अविस्मरणीय बनाऔँ ।
ऋद्धिमान साहा लामो समयदेखि बंगाल रणजी टिममा विकेटकिपरको भूमिकामा छन् । उनी भारतीय क्रिकेट टिमको पनि सदस्य भइसकेका छन् । साहाले भारतका लागि ४० टेस्ट खेलमा १३५३ रन बनाएका छन् । यसबाहेक उनले ९ ओडीआई पनि खेलेका छन्, जसमा उनले ४१ रन बनाएका छन् ।
साहाले सन् २०२१ मा भारतीय टोलीका लागि अन्तिम टेस्ट र २०१४ मा अन्तिम एकदिवसीय खेल खेलेका थिए । साथै उनी आईपीएलका पाँच टोली– कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सको पनि हिस्सा भइसकेका छन् ।
