Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको उतराखण्डमा बस दुर्घटना, २२ जनाको मृत्यु





एजेन्सी ।
भारतको उत्तराखण्डस्थित अल्मोडाको मार्चुलामा सोमबार बिहान यात्रुले खचाखच भरिएको बस दुघर्टना भएको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकालिएको छ ।
बस दुर्घटनामा २२ जनाको मृत्यु भएको अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले जानकारी दिए । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ ।
रामनगर जाँदै गरेको बस सल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको थियो । ‘दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने काम भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।’ अल्मोडाको साल्ट क्षेत्रका एसडीएम अधिकारी सञ्जय कुमारले भनेका छन् ।
बसमा फसेकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको बताइएको छ । अल्मोडामा भएको बस दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले विपद् व्यवस्थापन सचिव आयुक्त कुमाऊँ मन्डल र अल्मोडाका डीएमसँग फोनमा कुरा गरेर जानकारी लिएका छन् ।
यस क्रममा उनले उद्धार र राहत कार्यलाई शीघ्रता दिन निर्देशन दिएका छन् । एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थलमा पुगेको छ ।