

जनकपुरधाम ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा बजारस्थित धर्मशालामा जुवा खेलिरहेका ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजारको बाख्रा बाजार लाग्ने स्थानमा रहेको धर्मशालाको पहिलो तल्लामा जुवा खेलाइने गरिएको थियो ।
पक्राउ पर्नेमा जुवा खेलाउने किसोरी साह लगायत जुवा खेल्न रौतहटबाट नियमित आउने गरेका जबिरा शाह, उदयपुरका रामरतन कापड, धनुषाका वंशराज नदाफ, बिलटु राइन मिया लगायत ३९ जना रहेका छन् ।
प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जुवाखालबाट ९ लाख ७३ हजार ८ सय ७३नगद बरामद भएको गरेको पुष्टि गरेका छन् । जुवा खेलाउन प्रयोग गरिने कौडा र तास समेत बरामद भएको छ । प्रहरीका अनुसार जुवाखालबाट २ गड्डी तास, फलवार प्रिन्ट भएको तास ३ थान, २४ पिस कौडा, सानो ठूलो ३६ थान मोबाइल बरामद भएको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले छापा मारेको छ ।
