Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तनहुँमा मोटरसाइकल दुर्घटना, मृत्यु हुनेमा जलेश्वर नगरपालिकाका सुमित साह





तनहुँ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।  बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको हो ।

तनहुँ प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका घर भई हाल व्यास नगरपालिका–२ दमौलीमा बस्दै आएका २२ वर्षीय सुमित साह हुन् ।

उनले चलाएको बाग्मती प्रदेश २–०२–००३९९४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा साहको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक सडकदेखि करिब १५ मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले बताए ।