Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भैरहवाबाट बैंकक उडान सुरु, एअर एसियाले साताको २ दिन उडान गर्ने





बुटवल । 

थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।

अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।

यो तालिका अनुसारकै उडान हो । थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रबरद्धनको काम हुन नपाएको राउतले बताए ।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । एअर एसियाको यो विमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरिसकेको छ । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए ।

विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग राखेका छन् । त्यसका लागि एअरलाइन्स कम्पनीहरुलाई आकर्षित गरेसँगै विमानस्थल प्रयोग गरेर विदेश जानेहरुका लागि विमानस्थलमा स्थापना हुनुपर्ने, सरकारी कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको माग छ ।

पर्यटन व्यवसायी सीपी श्रेष्ठले सरकार विगतमा जस्तै यात्रु अभावको कारण देखाउंदै विमान कम्पनीहरुले उडान नगर्ने जोखिम अझै रहेको बताउँछन् । विगतमा पनि जजिरा सहित एअरलाइन्सले केही समय उडान गरेपनि एक महिनापछि बन्द गरेका थिए ।

अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त नहुँदा विममानस्थल लक्षित गरी होटल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानीका व्यवसाय जोखिम र संकटमा परेको व्यवसायीहरुले बताउँदै आएका छन् ।