Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चित्रगुप्तको जन्म प्रसंग र महिमाको चर्चा





सुजीतकुमार झा
चित्रगुप्त हिन्दू देवताका रूपमा पुज्य रहेका छन् । यमपञ्चकको अन्तिम दिन (भाइटीका)मा भगवान् चित्रगुप्तको विशेष पूजाआराधना गर्छन् । सृष्टिकर्ता ब्रह्माले सृष्टिको रचना गरेपछि सम्पूर्ण सृष्टिका प्राणीहरूको कर्मको लेखाजोखा राख्ने कामका लागि आफ्नो कायाबाट भगवान् चित्रगुप्तको उत्पत्ति गरेको धार्मिक विश्वास रहिआएको पाइन्छ । चित्रगुप्तले राखेको पापधर्मको खाताबहीकै आधारमा कुनै पनि प्राणीको मृत्युपछि यमराजले स्वर्ग वा नर्क कता पठाउने भन्ने निर्णय गर्ने विश्वास रहिआएको छ ।
यही विश्वासका कारण उहाँलाई विशेष पूजागर्ने गरिन्छ । जनकपुरधामको देवी चोकमा चित्रगुप्तको मूर्ति राखेर प्रत्येक वर्ष पूजा गरिदै आएको छ । कायस्थ जाती रहेका हरेक गाउँमा भगवानको पूजा गरिन्छ । ‘भाइटीकाको दिनमा ठाउँ ठाउँमा चित्रगुप्तको मूर्ति बनाएर पूजा गर्ने र पूजा समापन भएपछि मूर्ति विसर्जन पनि गर्ने गरिएको,’ नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले बताए ।
देशका केही स्थानहरुमा भगवान चित्रगुप्तको मन्दिरपनि बनाइएको छ । भाइटीकाको दिन कायस्थ समुदायले कलम र मसीको भाँडो विशेष रूपले पूजाआराधना गर्छन् । पूजाको दिन उनीहरूले लेखापढीको काम गर्दैनन् ।
ब्रह्माजीको कायाबाट चित्रगुप्तको उत्पत्ति भएको र कालान्तरमा चित्रगुप्तका सन्ततिहरूलाई कायस्थ भनिएको विश्वास छ । श्रीवास्तव, कर्ण, बर्मा, मल्लिक, निधि, लाल दास, लाभ, अम्बष्ट, बच्चन, निगमलगायत थरकाले चित्रगुप्तलाई आफ्नो पूर्वजको रूपमा भक्तिभावपूर्वक स्मरण गर्छन् । चित्रगुप्त प्रकृतिदेखि परको ज्ञान र विज्ञानवाट युक्त रहेका छन् र अग्नि आभुतिमा योग्य रहेका छन्

चित्रगुप्त परमपिता ब्रह्माजीको अंश कायाबाट उत्पन्न भएको पुराणमा उल्लेख छ । चित्रगुप्तको एक हातमा कलम र दबात एवं अर्को हातमा किताब रहेको छ ।
यम संहितामा चित्रगुप्तको बारेमा ९वौँ खण्डमा चर्चा गरिएको छ , दश दिक्पाल मध्येका एक यमराज उर्फ धर्मराजले ब्रह्माको सामु आफूलाई मानिसहरूको पाप र पुण्यको हिसाब किताब राख्न कठिन भएको गुनासो गरेका थिए । तत्पश्चात ब्रह््मा तपमा लिन भएको बेला उनको शरीरबाट चित्रगुप्तको जन्म भएको थियो । ब्रह्माको कायाबाट जन्म भएकाले यिनलाई कायस्थ पनि भनिएको विश्वास गरिन्छ ।
पद्म पुराणमा चित्रगुप्तलाई धर्मराजको साथमा मानिसको पाप र पुण्यको भागिदार हुनको लागि राखिएको उल्लेख रहेको छ । गरुड़ पुराणमा यमलोकमा चित्रगुप्तलाई शाही सिंहासन, उहाँको दरबारलाई सम्हाल्न र पुरुषलाई कर्मको अनुसार न्याय दिनक साथै उहाँहरुको रिकॉर्ड बनाउन राखिएको वर्णन छन् । द्वापरमा भिष्मले युद्धिष्ठिरलाई चित्रगुप्तको जन्मकथा भनेको प्रसंग विभिन्न पुस्तकमा उल्लेख रहेको छ ।
भगवान चित्रगुप्तको परिवारको चर्चा


भगवान चित्रगुप्तको दूइवटा विहे भएको थियो । पहिलो श्रीमति सूर्यदक्षिणा/नन्दनी जुन ब्राह्मण कन्या थिइन, उहाँबाट ४वटा पुत्र भएको थियो जसको नाउँ क्रमशः भानू, विभानू, विश्वभानू र वीर्यभानूको नाउँले चर्चित भए । दोस्रो श्रीमति एरावती/शोभावति नागवंशी क्षत्रिय कन्या थिइन, उहाँबाट ८ पुत्र भए जसमा क्रमशः चारु, चितचारु, मतिभान, सुचारु, चारुण, हिमवान, चित्र र अतिन्द्रिय नाउँले चर्चित भए । यो प्रसंगको उल्लेख अहिल्या, कामधेनु, धर्मशास्त्र एवं पुराणमा रहेको छ ।