Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नगराइन नपाको नगरसभा अझै हुन सकेन

एमालेको हठका कारण नगरसभा प्रभावित भएको नगरप्रमुख यादवको आरोप





जनकपुरधाम ।
नगराइन नगरपालिकाको नगरसभा हुन नसक्दा चालु आर्थिक वर्षको शुरुवातदेखि नै नगरको सम्पूर्ण ठप्प रहेको छ । नगरसभा हुन नसक्दा नगराइन नगरपालिकामा विकास निर्माणका कामदेखि कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुले समेत विगत ४ महिनादेखि तलब पाउन सकेका छैनन् । नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख विनयकुमार यादव र उपप्रमुख राधादेवी यादवबिचको विवादका कारण नगरसभा हुन नसकिरहेको नगराइनवासीको आरोप छ ।
यता नगरप्रमुख यादवले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरेर एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको हठका कारण नगरसभा हुन नसकिरहेको आरोप लगाएका छन् । उनले नगरउपप्रमुखले नगरको योजनामा नगरप्रमुख तथा उपप्रमुख राख्न हठ कसेपछि नगरसभा प्रभावित हुँदै आईरहेको स्पष्ट गरे । नगरप्रमुख यादवले भने ‘नगरमा विकास भयो भने त्यसको श्रेय नगरप्रमुखलाई जाने भ्रम एमालेका साथीहरुलाई छ, त्यो भ्रमबाट निस्किन म एमालेका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’
असार १० गते नगरसभा गर्नेमा सबै सहमत थिए, हामी नगरसभाकालागि समयमै पुगि सकेका थियौँ, उनले अगाडी भने ‘नगरसभा गर्ने सहमति गरेर एमालेका साथीहरु त्यो दिन नआइदिदा नगरसभा नै प्रभावित भएको थियो ।’ त्यसपछि पनि पटक पटक नगरसभाकालागि आग्रह गर्दा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नगरसभाकालागि तयार नभएको उनले आरोप लगाए ।
नगरप्रमुख यादवले एमालेका उच्च तहका नेताहरुको इशारामा समेत एमालेका साथीहरु नगरसभा हुन दिने पक्षमा नरहेको बताए । एमालेका उच्च तहका नेताहरुलाई समेत नगरसभालाई अवरोध नगरिदिन उनले आग्रह समेत गरे ।
नगराइन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र १ जना लोसपाका जनप्रतिनिधि रहेका छन् ।