Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीको भंगहामा हतियारधारीको आक्रमणमा परी एक घाइते





जनकपुरधाम ।
महोत्तरीको भंगहामा हतियारधारी समूहको आक्रमणमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा भंगहा नगरपालिका –४ रामनगर विर्ताका ४५ वर्षीय रामबाबु महतो रहेका छन् ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । डिएसपी जयसवारका अनुसार आज बिहान ५ बजे उनीमाथि तीनजनाको हतियारधारी समूहले आक्रमण गरेका हुन् ।
तरबारको आक्रमाणले शरीरको दुई ठाउँमा घाउ लागेको छ । उनी स्थानीय चिया पसले हुन् । चिया पसल खोलिरहेको बेला अचानक उनीमाथि आक्रमण भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलाटबाट एउटा मोटरसाइकल, तरबारको खोल बरामद भएको छ । मोटरसाइकलमा आएका हतियारधारीले अचानक तरबार प्रहार र एक राउन्ड गोली समेत प्रहार गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । यद्यपि गोली उनलाई नलागेको स्थानीयको दाबी छ ।
गोली चलेको कुरा एकिन नभएको डिएसपी जयसवारको भनाइ छ । उनीमाथी आक्रमणमा संलग्न रहेका तीनै जनाको पहिचान भईसकेको र उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।