Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गोवर्धन पूजाको आकर्षण, घर–घरमा गाईको गोबरवाट विशेष आकृति बनाइयो





सुजीतकुमार झा
जनकपुरधाम
घरको मुख्यद्वारमा गाईको गोबरवाट आज बिहानै गोवर्धनको आकृति जनकपुरधाम ४ की मन्दाकिनीले बनाएकी छिन । सो स्थलमा घरका सबै सदस्य बसेर गीत गाउँदै पूजा गरेकी छिन । दीपावली पछि प्रत्येक वर्ष हामी गोवर्धनको पूजा यसैगरी गर्ने गर्छौ उनले वताइन । मन्दाकिनीकै छिमेकी विमलादेवीले पनि गोवर्धनको पूजा गरेकी छिन । आज आँगनदेखि घरवाहिरसम्म लिपपोत गरी गोवर्धनको पूजा गरेकी छिन । पहिला उनको घरमा ठूलो उत्सवनै हुने गथ्र्यो, केही छिमेकीलाई भोजनपनि गराउँथिन तर अब परम्परा निर्वाह गर्ने काम मात्रै भइरहेको उनले वताइन । परम्परा निर्वाहको अर्थ भोज वाहेक अन्य सबै पूजाका कार्य अहिलेपनि उनको घरमा भइरहेको छ ।

DJL´FìªFF-A¨FʳFF IYS°Fe ¸FdW»FFEÔ

भगवान श्रीकृष्णले द्वापर युगमा औलाले गोर्वद्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोर्वद्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । हिन्दू पौराणिक कथा अनुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । भगवान कृष्ण गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा भनेका थिए र सवैजना त्यसै गर्न राजी भएछन । कथामा अगाडि भनिएको छ गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।


भगवान कृष्ण मिथिलाका ज्वाई भगवान रामकै अवतार भएकाले कृष्णसंग जोडिएको हरेक उत्सव जनकपुरधाममा विशेष उत्सवकै रुपमा मनाउने गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए । दुख कष्ट नपरोष, रोगब्याधी नलागोस, धनधान्य प्राप्तगर्ननै मिथिलामा यो पूजा गर्ने गरिएको धार्मिक जानकारहरु वताउँछन ।
जनकपुरधामको विभिन्न स्थानमा गाईलाई श्रृंगार गरेर आरती गरिएको छ । गाईलाई फलपूmल, सख्खर, मिठाइहरु खुवाइएको छ । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले द्वापरयुगमा समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । यो विशुद्ध रुपले प्रकृतिको पूजा रहेको सांस्कृतिविद डा. भोगेन्द्र झाले वताए । एकातिर प्रकृतिको आधार मानेर पहाडकोे रूपमा गोवर्धनको पूजा र समाजलाई आधार मानेर गाईको पूजा गर्ने परम्परा रहेको छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।


स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।
गाईवस्तुलाई नयाँ दाम्लो हालिने तथा शरीरलाई पहेँलो, हरियो आदिले रङ्ग्याइने गरिन्छ । गाईवस्तुको शरीरमा पञ्जाको रङ्गीन छाप लगाई दिनेसमेत गरिएका पाइन्छन् । यस दिन गोरुका घाँटीमा नयाँ घण्टी बाँधी अनेक औषधीय वनस्पतिलाई एकत्र गरी ओखलमा कुटेर पानीसाथ तरल बनाएर गोरुलाई खुवाइने झोल पदार्थ खुवाइने चलन पनि रहेको छ । सोका लागि गोरुलाई एकत्र गरी विशेष प्रकारले पङ्क्तिबद्ध बाँधी काँरी बाँसकाट बनाइने ढुङ्ग्रो विशेषको सहायताले मुखमा खुवाइने गरिन्छ ।
औषधि तयार गर्दा वटवृक्षको जरा वा पात, बकाइनका पात, ककहियाका पात, चिरचिरीका पात, लपटाका पात, पानका पात, पिपरीका पात, गुम्माका पात, बाँसका पात, काँचो बेसार, सतञ्झा (सात प्रकारका अन्न), नून मरिच, खानेतेल लगायतका वस्तुहरू मिसाइने गरिन्छ जनकपुरधाम २५का किसान मोहम्मद मजिवुलले वताए ।