

एजेन्सी ।
भारतका स्पीनरहरु चम्किदा भारतबिरुद्धको तेस्रो टेस्टको पहिलो इनिंग्समा न्युजीलैण्ड सस्तैमा समेटिएको छ । भारतकालागि रविन्द्र जडेजा एक्लैले ५ विकेट लिएका थिए भने वाशिंगटन सुन्दरले ४ विकेट लिए । यी दुई स्पीनर चम्किएपछि न्युजीलैण्ड पहिलो इनिंग्समा २ सय ३५ रनमै समेटिएको थियो ।
न्युजीलैण्डका लागि पहिलो इनिंग्समा डेरिल मिचेलले ८२, वील यंगले ७१ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्समैनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
यता जवाफी ब्याटिङ्गमा उतरेको भारत पहिलो दिनको खेल समाप्त हुँदासम्म पहिलो इनिंग्समा खराब शुरुवात गरेको छ । पहिलो दिनको खेल समाप्त हुँदासम्म भारतले ४ विकेटको क्षतिमा ८६ रन बनाएको छ । भारतका लागि क्रिजमा शुभमन गिल ३१ र ऋषभ पन्त १ रन बनाएर अविजित छन् ।
यस अघि यशश्वी जयसवाल ३०, रोहित शर्मा १८, विराट कोहली ४ र मोहम्मद सिराज शुन्य रन बनाएर आउट भएका छन् ।
३ टेस्ट मैचको श्रृंखला न्युजीलैण्डले यस अघि नै २–०ले जितिसकेको छ ।
