

जनकपुरधाम ।
सिरहामा यात्रुवाहक बस पल्टिँदा पाँच जना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ बक्री बजारस्थित मिर्चैया–कटारी राजमार्गमा बस पल्टिएको हो ।
कटारीबाट मिर्चैया आउँदै गरेको ना ३ ख ७०३४ नम्बरको बस साढे ११ बजेको समयमा पल्टिएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा ५ जना घाइते छन् ।
त्यसमध्ये एक ५ वर्षीया बालिकाको अवस्था गम्भीर छ । चार जनाको स्थानीय स्तरमै उपचार भइरहेको तथा गम्भीर रहेकी बालिकालाई थप उपचारका विराटनगर पठाइएको छ ।
