Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा अबेरराती सम्म पटाका फुटे, प्रहरीप्रशासन पटाका रोक्न असफल

अपेक्षाभन्दा कम पटका पडकेकोः धनुषाका प्रहरी प्रवक्ता





सुजीतकुमार झा
जनकपुरधाम
पटाका किनबेचसम्म प्रतिबन्ध रहेको समयमा पनि लाखो रुपैयाको जनकपुरधाममा पटाका फुटेको छ । अबेरराती सम्म चोकहरुमा मात्रै नभइ टोल–महल्लामा पनि युवाहरुले पटका फोडिरहेको देखियो ।
दीपावलीमा प्रत्येक वर्ष पटाका फोडने परम्परा रहेको छ तर प्रहरीको अनुगमन फितलो भएका कारण यसपाली अत्याधिक पटका फुटेको स्थानीयवासीहरुले बताएका छन् । जनकपुरधाम ४ का ६० वर्षिय रामेश्वर साहले फटाकाका कारण आफू रातीभरि सुत्न नसकेको बताए । पटकाका कारण अनिन्द्र धेरैलाई हुने गरेको छ । तेज आजका कारण कतिलाई हृदयघात सम्म भएको विभिन्न तथ्यांकले देखाएको छ ।
पटाकाले पर्यावरणलाई मात्रै नभइ आमजनताको स्वास्थ्यमा निकै असर गर्ने गरेको छ । प्रादेसिक अस्पताल जनकपुरधामका चिकित्सक डा. दिग्विजयकुमार ठाकुरका अनुसार हार्ट अटैक, स्ट्रोक, स्किनमा एलर्जी, लंग टॉक्सिसटी, आँखामा जलन, नाक, मुखमा इरिटेशन, टाउको दुखाई, भोमिट, लिवर, किडनी र ब्रेन डैमेजका अतिरिक्त बुझने क्षमता कम गर्नसक्ने खतरा रहेको जानकारी दिनुभयो ।.
गतवर्षहरुमा पटाका भारतबाट नुकाएर ल्याउनु पथ्र्यो तर यसपाली जनकपुरधाममा प्रहरीले नियन्त्रणका लागि खासै प्रयास नगरेको देखियो । भारतीय नाकाहरुमा समान्य निगरानी बाहेक प्रहरीले केही नगरेको स्थानीयले आरोप लगाएका छन् ।
पटाका पडकाउने एकजनालाई पनि पक्राउ नगरिएको धनुषाका प्रहरी प्रबक्ता रहेका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले स्वीकार गरेका छन् । पटाका रोक्न प्रहरीले विभिन्न टोली रातीभरी खटाएकाले अपेक्षाभन्दा कम पटका पडकेको उहाँले बताउनुभयो ।
स्थानीय एक ब्यापारीले धनुषा जिल्लामा ५ करोडभन्दा बढीको एकरातीमा पटाका फुटने आफूहरुको अनुमान रहेको बताउनुभयो ।