Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो





एजेन्सी ।
स्पेनमा आएको दशककै ठुलो बाढीमा परेर मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बाढीकै कारण पूर्वीय प्रान्त भ्यालेन्सिया अहिले धेरै नै प्रभावित छ ।
मंगलबार आएको मुसलधारे वर्षापछिको बाढीका कारण मानिस घरको छतमा बस्न तथा रुख चढ्न बाध्य भएका थिए । भ्यालेन्सियामा कम्तीमा ९२ जनाको ज्यान गएको छ भने कास्टिलामा २ तथा मालगामा एक बेलायतीको ज्यान गएको हो ।
प्रधानमन्त्री पेड्रो साँचेजले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । साथै उनले संकट बढेको क्षेत्रमा आवश्यक परे राहत सामग्री थप गर्ने बताएका छन् ।
बुधबार बिहानदेखि स्पेनको सेना तथा आपत्कालीन उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा सामान ओसार पसार गर्न व्यस्त थिए । बुधबार सुरुमै एक हजार जना सेना तैनाथ गरिए पनि ती मध्येको धेरै जसो बिच बाटोमा नै रोकिएका थिए। युरोपियन युनियनका प्रमुख उरुस्ला भान डेन लियोनले स्पेनमा रहेको उद्धारकर्ताको सहयोगकै लागि कोपरनिकस स्याटलाइट सिस्टमको प्रयोग गर्ने जनाएका हुन् । अन्य युरोपेली छिमेकी देशले पनि अहिले स्पेनका सहयोग गर्नेक्रम जारी रहेको छ । यो बाढी आउनुमा धेरै कारण भए पनि मूल कारण जलवायु परिवर्तन भएको मानिएको छ ।
वैज्ञानिकले पनि तापक्रममा आएको वृद्धिका कारण धेरै पानी बढेको बताएका छन् । औद्योगिक काल भन्दा यता १.१ डिग्री तापक्रम बढेपछि यसले संसारभरी नै समस्या ल्याएको छ ।