Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१२ हजार वर्षअघि शुरु भएको मानिस–कुकुरबिचको सहकार्य





एजेन्सी ।
कुकुर र मानिसबिचको सहकार्य हुने चरणको बीजारोपण एक लाख वर्ष पहिले भएको थियो । ब्वाँसा प्रजातिबाट छुट्टिएर आफ्नै विशिष्ट चरित्र निर्माण नगर्दासम्म कुकुरलाई मानिसले घरपालुवा जनावरका रूपमा विकास गर्न सकेका थिएनन् ।
मानिस र कुकुरबिच सहकार्य गर्ने अथवा भनौँ पहिलो घरपालुवा कुकुर आजका दिन जर्मनीको बाँन–ओबरकासेल नामको चिहानघारीमा सुती रहेको छ । कुकुर–मानिसबिचको अन्तरक्रियामा त्यस कुकुरलाई इतिहासकै पहिलो मानिन्छ । उनीहरूले आज भन्दा झण्डै १२ हजार पाँच सय वर्ष पहिले सहकार्य गरेका थिए । माइट्रोकान्ड्रियल डीएनए (एमटीडीएनए) परीक्षणबाट कुकुरको इतिहासबारे वैज्ञानिकहरूले अध्ययन गरेका छन् । एक लाख वर्ष अघि कुकुर ब्वाँसाबाट छुट्टिएर उत्विकासको चरण पार गर्दै यहाँसम्म आई पुगेको हो । अनुवांशिक अध्ययनबाटै कुकुरहरूको इतिहास पनि मानिस जत्तिकै जटिल रहेको पत्ता लागेको छ ।
पुरापाषाणकलामा कुकुरका दुई प्रजाति थिए । पहिलो– प्राचीन एसियाली कुकुर । दोस्रो युरोपेली पुरापाषाणकालीन कुकुर । कुकुरहरूको उत्पत्ति र इतिहासको अध्ययन गरिरहेका बायोआर्कियोलोजिस्ट ग्रेगर लार्सनले नेतृत्व गरेको अध्ययन टोलीले यस्तो पत्ता लगाएको हो । आजका दिनमा युरोपेली पुरापाषाणकालीन कुकुर विलुप्त भई सके ।
ब्वाँसादेखि कुकुरसम्मको यात्रा
कुकुरहरू मानिसको सम्पर्कमा आएर घर पालुवा हुनुअघिसम्म ब्वाँसा प्रजातिमा पर्ने जंगली जनावर थिए । कुकुर–मानिसबिचको सहकार्य कहिलेदेखि हुन थालेको हो भन्नेबारे विभिन्न मत रहे पनि कुकुरको उत्पत्ति र इतिहासमाथि अध्ययन गर्दै गरेका वैज्ञानिक लार्सनले गरेको अध्ययनलाई बढी आधिकारिक मानिन्छ ।
उनले १४ हजारदेखि १२ हजार पाँचसय वर्ष पहिले कुकुर–मानिसबिच सम्पर्क, अन्तरक्रिया हुन थालेको बताउँछन् । कुकुरहरू ब्वाँसो प्रजातिबाट आएका हुनाले उनीहरूको डिएनएमा ९९.९ प्रतिशत समानता पाइन्छ । कुकुरहरूको अनुवांशिकीको अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार कुकुरहरूको इतिहास पनि त्यति नै जटिल छ जति मानिसहरूको ।
कुकुरको जन्म
कुकुरले आफ्नो गर्भमा ६२ दिनसम्म बच्चा हुर्काउने गर्छ र त्यसपछि जन्माउँछ । कुकुरका बच्चालाई छाउरा भन्ने गरिन्छ । जसरी बाघको बच्चालाई डमरु । कुकुरका छाउरा जन्मिने बेलामा आँखा नदेख्ने, कान नसुन्ने र दाँत विहीन हुने गर्छन् ।
यसका साथै कुकुरहरू सानै उमेरदेखि नै मानिसले जस्तै सपना देख्छन् । कुकुरहरू आँखा चिम्म गरेर मात्र सपना देख्छन् भने मानिसहरू आँखा खोलेर पनि सपना देख्ने गर्छन् । कुकुरहरूले १० भिन्दा भिन्दै आवाज निकाल्न सक्छन् भने ३४ हजार कम्पन÷सेकेन्ड भएको आवाज पनि सुन्न सक्छन् । जबकि मानिसले २० हजार कम्पन÷सेकेन्ड भएको आवाज मात्रै सुन्न सक्छन् ।
कुकुरको सुँघ्ने क्षमता

अन्य जनावर र मानिसको तुलनामा कुकुरहरूमा सुँघ्ने सक्ने क्षमता निकै धेरै हुन्छ । कुकुरमा मानिसको भन्दा १० हजार गुणा बढी सुँघ्ने सक्ने क्षमता हुन्छ । मानिसमा ५ मिलियन गन्ध ग्रन्थि हुन्छन् भने विभिन्न नस्ल अनुसार कुकुरमा १२५ देखि ३०० मिलियन गन्ध ग्रन्थि सक्रिय हुन्छन् ।
जर्मन सेफर्ड भन्ने कुकुरमा मात्रै सुँघ्नका लागि सहयोगी हुने २२ करोड कोशिका हुने गर्छन् । जबकि मानिसमा ५० लाख कोशिका मात्रै हुने गर्छन् । त्यस्तै कुकुरमा मानिसको भन्दा ५ गुणा धेरै सुन्ने क्षमता हुन्छ ।
कुकुरको बुद्धिमत्ता
आम जनावरहरू भन्दा कुकुर धेरै बुद्धिमान हुन्छन् । तर, जति नै बुद्धिमान भए पनि एउटा औसत कुकुरको बौद्धिक क्षमता मानिसको २ वर्षको बालक जति हुन्छ र उसलाई १५० शब्द सिकाउन सकिन्छ । मानिससँगको सहकार्यका कारण पनि हुन सक्छ कुकुर अन्य जनावरले भन्दा मानिसका अधिकांश हाउभाउ बुझ्न सक्ने क्षमता हुन्छ ।
द्वितीय विश्वयुद्धताका हिटलर शासित जर्मनीमा नाजी सैनिक र वैज्ञानिकहरूले कुकुरलाई मानिससँग कुरा गर्ने स्तरको बनाउनका लागि विभिन्न प्रयोग र अनुसन्धान गरिरहेका थिए । जर्मन सैनिक र वैज्ञानिकहरूले विशेष किसिमको कुकुरलाई धेरै नै पढाउने र तालिम दिने काम गरे तर कुकुरहरूले राम्रो नतिजा ल्याउन सकेनन् ।
अन्तरिक्ष जाने पहिलो प्राणी
द्वितीय विश्वयुद्धको अन्त्यपछि दुई ठुला महाशक्तिका बिचमा शक्तिको ठुलो होडबाजी चली रहेको थियो । एकातर्फ अमेरिका थियो भने अर्कोतर्फ सोभियत संघको नेतृत्व गरिरहेको रुस । यी दुवै महाशक्तिहरू विज्ञान, प्रविधिदेखि लिएर आर्थिक र सैन्य क्षेत्रमा पनि अब्बल हुनका लागि प्रतिस्पर्धा गरिरहेका थिए ।
ठिक त्यति नै बेला ३ नोभेम्बर १९५७ मा सोभियत संघले अन्तरिक्षमा आफ्नो यान पठाउने भयो । त्यस यानमा पहिलो जीवित प्राणी अर्थात् कुकुर थियो । अन्तरिक्षमा जाने पहिलो कुकुरको नाम लाइका थियो ।
कुकुरको रगत
जात प्रथाले गाँजेको हाम्रो समाजमा समानताको भाव प्रसारित गर्न– सबैको रगत एउटै हुन्छ, रातो हुन्छ भनिन्छ । तर, कुकुरको प्रजातिमा १३ प्रकारका रगतहरू भेटिन्छन् । यसका साथै कुकुरको निस्पट्ट अँध्यारो र बिहानीको मिर्मिरेमा हेर्ने क्षमता अन्य बेलाको भन्दा उत्कृष्ट हुन्छ ।यसका साथै कुकुरको रगतमा रहेका अनेकन ब्याक्टेरियाका कारण १० वर्ष भन्दा माथि बाँच्ने ५० प्रतिशत कुकुर क्यान्सरका कारण मारिन्छन् ।
कुकुर भूकम्पबारे छिट्टै थाहा पाउँछन्
पृथ्वीमा रहेका अन्य कयौँ जनावरले भन्दा कुकुरले भूकम्प र तुफानबारे पहिले नै थाहा पाउने क्षमता राख्छ । उनीहरू जमिनमा हुने कुनै पनि कम्पनलाई पहिले नै महसुस गर्न सक्छन् । त्यसैले कहिले काहीँ भूकम्प वा तुफान आउन लागेको छ भने कुकुरहरू पहिले नै भुक्न थाल्छन् ।