Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दिपावलीलाई वातावरणमैत्री कसरी बनाउने ?





जनकपुरधाम ।
अहिले जताततै दिपावलीको रौनक देखिन्छ । सबैको घरमा दिपावली पर्वको तयारी चलिरहेको छ । घर सर–सफाई पारी सकिएको छ । त्यस्तै बजारमा पनि भिडभाड बढेका छन् । यी सबकाबिच दिपावलीमा अर्को चिज पनि बढ्दैछ, जसको कसैलाई वास्ता छैन, त्यो हो हाम्रो वरपर बढ्दो प्रदूषणको स्तर । चाहे त्यो धुवाँ होस्, प्लास्टिकका फोहोर होस् अथवा पटाकाको बढ्दो प्रदूषण ।
दिपावली पर्व अघि नै आकाशमा प्रदूषणले घेरिन थाल्छ तर, हिजोआज यसमा केही नियन्त्रण हुन थालेको छ । दिपावलीमा उत्पन्न हुने प्रदूषणले स्वास्थमा खतरा उत्पन्न नहोस् भन्ने कुरालाई ध्यानमा राख्दै हामीले केही जानकारी राख्नु आवश्यक छ ।
दिपावलीमा अन्य समयमाभन्दा धेरै सरसफाई गरिन्छ । सफाई गर्दा यदि प्लास्टिकका फोहोर छन् र जसलाई हामी पुनः प्रयोग गर्न सक्छौं भने त्यसलाई फाल्नु हुँदैन । त्यस्ता प्लाष्टिकका भाँडामा बिरुवा रोप्न सकिन्छ । जसबाट वातावरणलाई शुद्ध बनाउन सक्नुहुन्छ र प्लाष्टिकलाई पुनः प्रयोगमा ल्याउन सक्नुहुन्छ । प्लाष्टिकले माटोको उर्वरा शक्तिलाई नोक्सान पु¥याउँछ र यो सजिलै नष्ट पनि हुँदैन ।
प्लाष्टिकले हाम्रो स्वास्थमा नकारात्मक असर गर्छ भन्ने थाहा हुँदा–हुँदै पनि बिक्रेता र खरिदकर्ता दुबैले प्लाष्टिकका झोला अत्यधिक मात्रामा प्रयोग गरेको पाइन्छ । पर्यावरण संरक्षणमा सानो योगदान स्वरुप खरिदकर्ताले कपडा अथवा जुटको झोलाको प्रयोग गर्न सक्छन् ।
दिपावलीमा हरेक घरमा पटाका पट्काइन्छ । पटाकाको विषालु धुवाँ स्वास्थकालागि हानिकारक हुन्छ साथै आकाश पनि धुवाँले भरिन्छ । यस्तो धुवाँबाट बच्नका लागि मानिसले मास्कको साहारा लिन पर्नसक्छ । त्यसैले पटाकाबाट टाढा रहनुपर्छ र अरुलाई पनि पटाका नकिन्नकालागि जागरुक गर्नुपर्छ ।
दिपावलीलाई बत्तीको पर्व मानिन्छ । मानिसहरु दिपावलीमा घर, अफिस र धार्मिक ठाउँहरुमा झिलिमिली बत्ती र मैनबत्ती बाल्ने गर्छन् । हिजो–आज दियो बाल्ने चलन हराउँदै गएको छ । तर, यो दिपावलीमा हामी सबैले मैनबत्तीभन्दा दियो बाल्नु उपयुक्त हुन्छ । बास्तवमा माटोको दियोमा बायोडिग्रेडेबल हुन्छ, जसले पर्यावरणमा कुनै पनि नोक्सान पु¥याउँदैन । सकेसम्म फुटपाथमा दियो बेच्नेहरुसँग दियो किन्नुहोस् जसले उनीहरुको घरमा पनि उज्यालो हुन सहयोग हुन्छ ।
दिपावलीमा हिजोआज मानिसहरु आफ्नो घर प्लाष्टिकको फूलहरुले सजाउने गर्छन् । तपाईं प्लाष्टिकका कृत्रिम फूलहरुलेभन्दा वास्तविक फुलहरुको मालाले घर सजाउन सक्नुहुन्छ । जसले तपाईंको घरलाई सुन्दर देखाउनुका साथै प्लाष्टिकको प्रयोगबाट पनि टाढा राख्छ ।
यदि तपाईंको घरमा धेरै मिठाई छ भने कुनै गरिबलाई दिनुपर्छ । सम्भव छ भने खाना र लुगा पनि गरिबमा बाँड्न सक्नुहुन्छ । जसबाट उसले पनि आफ्नो तिहार खुशीका साथ मनाउन सकोस् । यसो गर्दा तपाईलाई धेरै खुशी र शान्ति प्राप्त हुन्छ ।