Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दीपावली आज, घर–घरमा लक्ष्मी पूजाको तैयारी





सुजीतकुमार झा
जनकपुरधाम
दीपावलीको चहलपहल जनकपुरधाम सहित देशको विभिन्न स्थानमा विहानैदेखि देख्न सकिन्छ । दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीपावली अर्थात रोशनीको पर्व शरद ऋतुमा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ त्यसैकारणले होला मिथिलाञ्चलमा विशेष प्रकारले यो पर्व मनाउने गरिन्छ सांस्कृतिविद् एवं मैथिली साहित्यकार चन्द्रमोहन झा ‘पड़वा’ले वताए ।
कोजाग्रात पूर्णिमा सकिनासाथै दीपावलीको जनकपुरधाम क्षेत्रमा तयारी शुरु भइहाल्छ । सरसफाईदेखि रंगरोगन सबै एकैपल्ट मिथिलाक्षेत्रका व्यक्तिहरुगर्ने गर्छन, यसो हेर्दा मिथिलावासी सफाई सम्बन्धि सबै कुरो वर्षमा एकैपल्ट गरिहाल्छ जस्तो लागि रहेको देखिन्छ सामाजिक कार्यकर्ता समेत रहेका राम युवा कमिटी जनकपुरधामका पूर्व अध्यक्ष शम्भुप्रसाद शाह ‘प्रेमी’ले वताए ।
दिपावलीको रमझम सबैतिर छाएको देखिन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । लक्ष्मी पूजा गरेर वर्षभरि आर्थिक आभाव नहोस भनी मातासंग प्रार्थना गरिन्छ । खुशी खुशी बाच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई “तमसोमा ज्योतिर्गमय”को आवास दिन्छ । जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ । अभावग्रस्त जीवनलाई परिपूर्ण बनाएर आत्म ज्योतिको दिब्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने सन्देश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला समाजिक कार्यकर्ता प्रेमीले अगाडि वताए ।
तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । समुद्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मीको यसदिन विशेष पूजा गरिन्छ ।
लक्ष्मीपूजा नै प्रमुख आकर्षण
धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना नै यसमा महत्वपूर्ण हुने गरेको देखिन्छ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरको चारैतिर सफा सुग्घर गरी आँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, र्भयाङ्लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।
जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वास रहेको छ । यसैदिन मातालक्ष्मीको जन्मभएको मान्यता रहेको छ ।
घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म चामलको पीठोले वनाइएको अरिपणले लक्ष्मी हिड्ने पाइला तैयार गरिन्छ जनकपुरधाम ४ का जयमंगला देवी झाले वताइन । बनाइएको वाटोमा यसपछि गंगाजल छर्किदै अन्यधन्य लक्ष्मी घर आउ, दलिद्रा बाहर जाउ, भगवती बाधवन जाउ भने फकरा पढने गरिन्छ यो भन्नुको पछाडी वर्षभरी भित्र आएका दलिद्रलाई वाहिर जान तथा देवी लक्ष्मीलाई घरल्याउन विन्ती गर्ने गर्छिन । साथै खेतमा के उत्पादन भएको त्यो हेर्न घरका भगवतीलाई आग्रह गर्ने परम्परा रहेको छ । खेत घूमेर देवोत्थानको एकादशीका दिन घरका देवी आउने गरेको मान्यता रहेको छ ।
यो सकेपछि मिथिलमाा हुक्कालोली आज साँझ भाज्ने गर्छन । पूजाका लागि सन्ठीको विडो बनाएर हुकाहुकी खेल्ने चलन छ । भने घरका अन्य सदस्यले भाँज्ने हुक्कालोली कपडाको बनाइने गरिएको जयमंगला देवीले वताइन । हुक्कालोलीको माध्यमले लामखुटटेलाई भगाउन टुक्का पढने गरिन्छ । यसपछि देवीलक्ष्मीको वैदिक विधिद्वारा पूजा गरिन्छ । लक्ष्मीको कथाका साथैविशेष आरतीपनि हुनेगरिन्छ ।
भोलि विहान हुक्का लोलीकै सन्ठीले नाड.लो पनि पिटने गरिन्छ । यो वेला पनि लक्ष्मीलाई बस्न तथा दलिद्रालाई वाहिरजान भन्नेगर्छन । काग कराउनु भन्दा पहिला नै यो व्यवहारगर्ने परम्परा रहेको छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, हलुवा र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहेको स्थानीयवासी वताउँछन । कतिले आजका दिनमा नगदको व्यवहार गर्दैनन् । लक्ष्मी लाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसी को रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यसलाई सुखरात्री पनि भनिन्छ । संस्कृतिविद् पड़वाका अनुसार वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ ।
लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख ‘ऋग्वेद’ को पुरूषसूक्तमा भेटिन्छ । ‘श्रीश्च ते लक्ष्मीश्च ऊषाण ।’ हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् । तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् । विष्णु र लक्ष्मी एक–आपसमा अभिन्न छन् । केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिएको छ । चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो ।