Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टिकटक निर्माता बने चीनको सबैभन्दा धनी व्यक्ति





बेइजिङ ।

टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ ।

जुन सन् २०२३ को तुलनामा ४३ प्रतिशतले बढी हो । र, तथ्यांकअनुसार योसँगै उनी चीनकै धनी व्यक्ति समेत बनेका छन् । उनले बनाएको सोसल मिडिया प्लेटफर्म टिकटक नेपालसहित धेरै देशहरूमा लोकप्रिय छ । तर, भारतलगायत देशहरूमा भने प्रतिबन्धित छ । यद्यपि इन्टरनेटका माध्यममार्फत व्यवसाय गर्दै आएका यिमिङको सम्पत्तिमा एकै वर्ष ४३ प्रतिशतले वृद्धि आउनुले चिनियाँ बजारमा तहल्का मच्चाएको छ । टिकटक सञ्चालक कम्पनी बाइटडान्सले गत वर्ष ६० प्रतिशतभन्दा बढी नाफा कमाएको जनाएको छ ।