Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेताहरु धमाधम पार्टी छोड्दै, जनमत पार्टी आन्तरिक समिक्षामा





काठमाडौँ ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट नेता तथा कार्यकर्ताहरू परित्याग गर्न थालेपछि आन्तरिक समिक्षामा जुटेको छ । पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण नेता तथा कार्यकर्ता पार्टी छाड्न थालेपछि जनमत पार्टीका अध्यक्ष राउतले त्यसका विभिन्न १९ वटा कारणहरु समेत औँल्याएको छ ।
हालै सम्पन्न सचिवालयको बैठकमा पार्टी छाड्ने नेताको बारेमा विभिन्न कोणबाट छलफल भएको छ । अध्यक्ष राउतले पार्टीमा मान्छे जोडिनु मात्र ठुलो कुरो होइन, निर्वाचनको समयमा त्यसले कस्तो प्रभाव पार्दछ त्यसको आधारमा मूल्याङ्कन हुनु पर्ने धारणा बताएका छन् । उनले भनेका छन्, ‘कुनै सदस्य १० वर्षदेखि जिउ ज्यानले लागेको छ, तर जेसुकै बहानामा किन नहोस् निर्वाचनमा गएर आफ्नो पार्टीसँग गद्दारी गर्ने, बागी उठिदिने, अर्को पार्टी वा उम्मेदवारलाई समर्थन गरिदिने, चुपचाप बसिदिने ग¥यो भने त्यस्तो नेता कार्यकर्ता हामीसँग १० वर्ष रहनु घातक हो । त्यस्तो नेता कार्यकर्तालाई १० दिन पनि हाम्रो पार्टीमा बस्न दिनु हुँदैन, नभए हाम्रो सङ्गठन प्रयोग गरेर उल्टो भाँडभैलो मच्चाउनेछ, जनमत पार्टीको आफ्नो भोटलाई पनि विकृत र विखण्डित गर्दछ ।’
अध्यक्ष राउतले केन्द्रको निर्देशन नमान्ने, नेतृत्व र पार्टीप्रति आदर भाव नराख्ने, आफूले भनेकै मान्छे वडाध्यक्ष, पालिका अध्यक्ष, इन्चार्ज पदाधिकारी हुनुपर्ने, टिकट पाउनु पर्ने आदि जस्तो ढिपी गर्ने, पार्टीको सूचना चुहावट गर्ने, जासुसी गर्ने जस्ता नेता कार्यकर्ताहरूलाई माला लगाएर अहिले नै बिदाइ गर्नु उपयुक्त हुने निर्णय सचिवालयको बैठकले गरेको बताइएको छ ।
उ पार्टीमा बस्यो वा आयो, उ इन्चार्ज, वडाध्यक्ष, पालिका अध्यक्ष, केन्द्रीय सदस्य बने, नयाँ मान्छे आयो, पुरानाको महत्व घट्यो, अरू त सांसद मन्त्री भइसके, म त केही हुन सकिन, मलाई मौका दिएन, अरू त मन्त्री भइसके, म त हुन सकिन जस्ता कुरा देखाएर पार्टी छाड्ने गरेको पाइएको अध्यक्ष राउतले उल्लेख गरेका छन् ।
म त मुख्यमन्त्री भइन, अरू त १–२ वर्ष मन्त्री हुन्छन्, म त छोटो समय मात्रै मन्त्री भए, अरू त सांसद भइसके, म त केही हुन सकिन त्यसैले पार्टी छोडिदिन्छु जस्ता धम्की पनि आउने गरेको उनले बताए ।
अरूले राजनैतिक नियुक्ति पाए, मैले पाइनँ, मैले भनेको काम मन्त्रालयबाट भएन, मलाई पार्टीले १० हजार वा २–४ लाख दिएन, त्यसैले पार्टी छोडिदिन्छु, मैले दिएको १० वटा योजनामा ८ वटा मात्रै प¥यो, त्यसैले पार्टी छोडिदिन्छु, मैले भनेको ५ वटा सरुवामा ४ वटा मात्रै भयो, एउटा भएन त्यसैले पार्टी छोडिदिन्छु जस्ता कुराले पनि पार्टी छोड्ने गरेको अध्यक्ष राउतको बुझाई रहेको छ ।