Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रवि लामिछानेको तिहार हिरासतमै





काठमाडौँ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका थप प्रकरणको अनुसन्धान पनि प्रहरीले सुरु गरेको छ ।
बुटवलको सुप्रिम सहकारी र चितवनको सहारापछि अब वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान पनि प्रहरीले अगाडि बढाएको हो । देशका प्रमुख सहरहरूमा खोलिएका जीबी राई नेतृत्वका पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ गैरकानुनीरूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाएको छ ।
यी पाँच सहकारीमध्ये चारवटामा केही प्रतिवादीविरुद्ध अदालतमा नै मुद्दा दायर भइसकेका छन् । तर ती कुनै पनि मुद्दामा रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । अहिले भने प्रहरीले यसअघि मुद्दा दायर भइसकेकामा पूरक अभियोगपत्र अदालत लैजाने तयारी गरेको छ भने जाहेरी परेर पनि अनुसन्धान नै नगरी राखिएका फाइलसमेत अहिले खोलेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसँगै उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पक्राउ पुर्जी जारी भइसकेको छ ।
यस्तै जीबी समूहकै चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको पनि अनुसन्धानको क्रममा रहेकाले यसमा पनि लामिछाने तानिने भएका छन् । वीरगन्जको सानो पाइला सहकारीबाट ८ करोड बढी गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय छानबिनले देखाएको छ । यस प्रकरणमा दोस्रो चरणको अनुसन्धानमार्फत अब रवि लामिछाने, छविलाल बन्जाडेसहितलाई प्रतिवादी बनाउने प्रहरीको तयारी छ । जीबी राईलाई पहिलो चरणमै प्रतिवादी बनाइए पनि उनी फरार छन् । यस्तै पक्राउ परेका सानो पाइलाका पूर्वउपाध्यक्षसहितका प्रतिवादीहरू पनि धरौटीमा रिहा भएका थिए ।
एकपछि अर्को प्रकरणको अनुसन्धान अघि बढेपछि लामिछानेको हिरासत बसाइँ लम्बिने सम्भावना बढेको हो । कास्की प्रहरीले अनुसन्धान सकेपछि बुुटवल लैजाने तयारी छ । त्यहाँ सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमतिसमेत लिइसकेको छ ।
अदालतले अनुमति दिइसकेकाले अब प्रहरीले कास्कीको अनुसन्धान सकिएपछि बुटवल झिकाउने तयारी गरेको छ । सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष बन्जाडेलाई बुटवल लगेर बयान गराइसकिएको छ। अब रविलाई पनि झिकाउने इलाका प्रहरी कार्यालय, बुटवलको तयारी छ ।