Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एकै दिनमा २ हजार २ सय तोलामा सूनको मूल्यमा बृद्धि





काठमाडौँ ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ ।
यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।