

जनकपुरधाम ।
सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका–५ का २० वर्षीय रुपेश महतोको मृत्यु भएको हो । यस्तै, मोटरसाइकलमा पछाडि सवार विष्णुपुर गाउँपालिका–१ का ३२ वर्षीय प्रदीपकुमार पासवान घाइते भएको प्रहरीले जनाएको छ ।
सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको प्र ०१–०२–०१ प ०४३४ नम्बरको मोटरसाइकल अत्याधिक गतिका कारण अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो । त्यसपछि घाइते भएका दुवै जनालाई सिरहास्थित प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले महतोलाई मृत घोषणा गरेको थियो ।
